काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ नमूना परीक्षणमध्ये ४९० पीसीआर र ५९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३८८ पुगेको छ ।

मन्त्रालयका अनुसार थप ५६९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ ।

हाल मुलुकभर १० हजार १५१ सक्रिय संक्रमित छन् ।