काठमाण्डौं-कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार ताप्लेजुङ आउँदैछन् । चुनावी आमसभालाई सम्वोधन गर्न उनी ताप्लेजुङ आउन लागेका हुन् । बिहान १० बजे काठमाडौंबाट उड्ने उनले ताप्लेजुङमा रहेको पाथीभरा देवी दर्शन गर्ने र त्यसपछि सदरमुकाम फुङलिङको तोक्मेडाँडाँमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीसँगै नेता वालकृष्ण खाँड लगायतका नेतापनि आउने कांग्रेस ताप्लेजुङका सभापति लिलादेवी बोखिमले जानकारी दिइन् ।


ADVERTISEMENT


देउवाले पाँचथर सदरमुकाम फिदिममा हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । फाल्गुनन्द जयन्तीको अवसर परेकाले किरात धर्मावल्बीहरुको धार्मिक स्थल लुब्रेकुटी जाने कार्यक्रम रहेको बोखिमले जानकारी दिए । देउवाले ताप्लेजुङ, पाँचथर र सोलुखुम्वुको आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #