काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले  सुपर १२ मा दुई जित हासिल गरेको छ ।


ADVERTISEMENT


अफगानिस्तानले आइतबार यूएईको अबुधाबीमा भएको खेलमा नामिबियालाई ६२ रनले पराजित गरेको छ । खेलमा १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले ९ विकेटको नोक्सानीमा ९८ रनमात्र जोड्न सक्यो ।


ADVERTISEMENT

# # #


नामिबियाका लागि डेभिड वाइजेले सर्वाधिक २६ रन बनाए । नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका हमिद हसन र नविन उल हकले समान ३–३ विकेट लिए । गुलबदिन नइवले २ राशिद खानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १६० रन बनाएको थियो । मोहम्मद सहजादले ३३ बलमा ४५, हजरातुल्लाह जजाईले २७ बलमा ३३ रन बनाए ।

कप्तान मोहम्मद नाबीले आक्रामक खेल्दै १७ बलमा नटआउट रहँदै ३२ रन बनाए । त्यस्तै र अस्घर अफगानले ३१ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलमान र जान निकोल लोफ्टी–इटनले २–२ विकेट लिए ।