काठमाडौँ– एसीसी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । ।


ADVERTISEMENT


मलेसियाको  कोलालाम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा टस जितेर बंगलादेशले फिल्डिङ रोजेपछि नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ बनाएर खेल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। डकवर्थ लेविस पद्धतिका अनुसार बंगलादेशले जितका लागि ४० ओभरमा १ सय ८१ रन जोड्नुपर्ने थियो।

उसले ३९.४ ओभरमा ८ विकेटको क्षतीमा १८६ रान बनायो  विजय हासिल गर्यो ।।

यस अघि ओपनर जितेन्द्र सिंहलाई सस्तैमा गुमाएको नेपालका लागि शीर्ष क्रमका ब्याट्सम्यानले बलियो साझेदारी दिन सकेनन् । राम्रो सुरुआत लिए पनि अनिल साह १९(२२) र दिपेन्द्र सिंह ऐरी १२(४१) ले पारीलाई अगाडि बढाउन सकेनन् । आसिफ शेख ३० (५२) रनमा स्टम्पिङ आउट भए । ७० रनको स्थितिमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई चौथो विकेटको रुपमा गुमायो ।

मध्यक्रममा ब्याटिङ गर्न आएका रोहितकुमार पौडेल र भीम सार्कीले नेपालको इनिङ सम्हालेका थिए । उनीहरुले १३.२ ओभरमा ७९ रनको साझेदारी गरे । रोहितले ५४ बलमा ४० रन जोड्दा २ चौका र २ छक्का प्रहार गरे । भीमले ४० बलमा २ चौका र ३ छक्काको मद्दतले ४४ रनको आक्रामक पारी खेले ।

बंगलादेशका लागि स्पिनर नईम हसानले ३ विकेट लिएका थिए । हसन महमुद, ओनिक इस्लाम र अफिफ होस्सैनको नाममा पनि १/१ विकेट रह्यो ।

आजको पराजयसंगै नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना न्युन रहेको छ । कठिन मानिएको समूह समूह ‘ए’ मा परेको नेपालले दोस्रो खेलमा नेपालले अब भोलि भारतको सामना गर्नेछ ।