विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी, उनले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहहेका छन्।

उनीहरुलाई मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराएका हुन् । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राखेका छन् ।