काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक ऋषिराज जोशीको कार्यकाल थप भएको छ । कम्पनीले सर्वसाधारण शेयधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेको सञ्चालक जोशीको कार्यकाल थप गरेको हो ।


ADVERTISEMENT


कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको २६७ औं बैठकले संचालक जोशीको पदावधि कात्तिक २३ गते समाप्त हुने भएकाले कम्पनीको आगामी २० औं वार्षिक साधारण सभा सम्पन्न नभईन्जेलसम्मका लागि सञ्चालक समितिमा नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


साथै सोही अवधिसम्मका लागि जोशीले जिम्मेवारी वहन गर्दै आएका सञ्चालक समितिको अध्यक्ष पदमा समेत निरन्तरता दिने कम्पनीले जनाएको छ ।