फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का ब्राजिलिन स्टार स्ट्राइकर नेइमारले पत्रकार सम्मेलनमै आँशु थाम्न सकेनन् । विश्वकप फुटबलको तयारी स्वरूपमा जापानसँग भएको मैत्रिपूर्ण खेल पछि आयोजित पत्रकार सम्मेलनबाट उनी रुँदै बाहिरिएका हुन् । खेलपछि भएको पत्रकार सम्मेलनमा नेइमार पिएसजीमा खुसी नरहेको भन्ने खबर बारे ब्राजिलका प्रशिक्षक टिटेले नेइमारको बचाउ गरेका थिए । प्रशिक्षक टिटेले आफ्नो बारेमा बोलेको सुनिरहेका नेइमारले आँसु थाम्न सकेनन्, उनी रूँदै त्यहाँबाट बाहिरिएको खबर अन्तर्राष्ट्रिय खेल समाचारमा जनाइएको छ ।


ADVERTISEMENT


यसै सिजनमा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार त्यहाँ खुशी नरहेको खबर पछिल्लो समय छाएको छ । फ्रान्सको एक पत्रिकाले पिएसजीका प्रशिक्षक युनाइ एम्रीसँग नेयमारको सम्बन्ध राम्रो नरहेको खबरसमेत छापेको थियो । यद्यपी नेइमारले एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरेका छन् । कार्यक्रममा ब्राजिलका प्रशिक्षक टिटेले क्लबसँग नेइमारको कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताएका थिए ।
आफ्नो बारेमा टिटे बोलिरहँदा नेइमार रोएका थिए, त्यसपछि टिटेले उनको टाउकोमा हात राखे। लगत्तै उनी केही नबोली कार्यक्रम छाडेर त्यहाँबाट निस्केए ।


ADVERTISEMENT

# # #


खेलमा ब्राजिलले जापानलाई हराएको थियो ।

 

 

https://youtu.be/V5kWE8X6uvc