म्याग्दी – सामूहिक बलात्कारको आरोपमा प्रहरीले म्याग्दीका तीन युवकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलाले दिएको जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । घरमा एक्लै सुतिरहेकी महिलालाई तीनै जनाले धम्क्याएर बलात्कार गरेको उजुरीमा आएको डीएसपी राईले जानकारी दिए ।

तीनै जनालाई हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।