काठमाडौं – कामना विकास बैंकले आज १५ औं वार्षिक साधारण सभा बसिरहेको छ । बैंकले बुढानिलकण्ठस्थित पार्क भिलेजमा मंगलबार आफ्नो १५ औं साधरण सभा सुरु भएको हो ।


ADVERTISEMENT


सभामा बोल्दै बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकलाई मुलुकको एउटा अब्बल, सक्षम र विश्वसनीय वित्तीय संस्थाको रुपमा स्थापित गराउन जारी गरेको रणनीतिले सफलता पाएको जानकारी दिएका छन् । यसका निमित्त उनले बैंकका सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले गत वर्षको यसै अवधिको तुलनामा कोभिड-१९ को बाबजुद नाफा (कर अघि) ४२२.९८ प्रतिशतले वृद्धि हासिल गरी ८५ करोड ८२ लाख नाफा (कर अघि) सञ्चालन नाफा आर्जन गर्न सफल भएको जनाए ।

कार्यक्रममा बैंकका सम्पूर्ण कर्मचारी, पुर्व सिइओ एवम् शेयरकर्ताहरुको उपस्थित रहेको छ । सेवाग्राही र बैंक एउटै गन्तब्यका परिपुरक सहयात्री हुन्, भन्ने मान्यतालाई आत्मसात गर्दै एक अर्काको आवश्यकताको सम्बोधन गरी ‘सबैको साँचो अर्थको प्रगतिको आधार कामना सेवासङ्ग कारोबार’ भन्ने नारासहित बैंकले विगत १५ वर्षदेखी उचित ब्याज सुविधाका सहित आफ्नो ग्राहक माझ सेवा दिँदै आएको छ ।

उक्त कार्यक्रम समाचार तयार पार्दासम्म बुढानिलकण्ठस्थित पार्क भिलेजमा चलिरहेको छ ।