काठमाडौँ – अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै देशभर छठ पर्वको रौनक छाएको छ । विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने यो पर्व अहिले देशभर छाउँदै गएको छ ।


ADVERTISEMENT


आज काठमाडौँमा कमल पोखरी, गुह्येश्वरी लगायत बाग्मती नदी किनारमा छठघाटको निर्माण गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा अर्चना गर्नुका साथै अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै तराई मधेश लगायत देशका विभिन्न स्थानमा पनि छठको रौनक छाएको छ । यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको कमलपोखरी र गुह्येश्वरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बाग्मती किनार पुगेर छठी माईको दर्शन गरेका छन् ।

देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल षष्ठीसम्म मनाइन्छ । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन् ।

आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रूपमा ग्रहण गरी व्रत समापन गर्दछन् ।

धनगढीको मोहना घाट स्थित झिलमिली बत्ती सहित सजाइएएको छठ पूजा स्थल ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

छठ पर्वका अवसरमा दुलही झै सिङगारिएको जनकपुरधामको गङगा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड ।

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।

छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी ।

सुनसरीको सदरमुकाम इनरुवा–२ स्थित शङकरपुर शाखा नहरमा छठ पर्व मनाउनका लागि घाट सजाउँदै भक्तजन ।

छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको आकर्षक (सूर्यको एउटा आकार)श्री स्वप्ता ।

सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिर परिसरमा रहेको पोखरीमा केराको थमबाट सिगारिएको घाट ।

सुनसरी सदरमुकाम इनरुवा २ स्थित शङकरपुर शाखामा छठ पर्वको मुख्य दिन आज अस्ताउदै सुर्यलाई अर्घ दिँदै ।

सप्तरीको हनुमाननगरबाट छठ पर्वका दिन बुधबार साँझ अस्ताउदै गरेको देखिएको सुर्य ।

छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको घडिअर्वा पोखरि छठ घाटमा अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु ।

वीरगन्जको वीरगन्जको रुनीघाटस्थित छठी घाटमा अस्ताउदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु ।

तनहुँको दमौलीस्थित मादी नदीमा बुधबार साँझ छठ पर्वको पूजा गर्दै भक्तालु ।

छठ पर्वको अवसरमा भक्तपुर कमलपोखरीमा अस्ताउँदो सूर्यको उपासना गर्दे ब्रतालु महिला ।

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्ने भक्तजनहरुको घुँईचो  ।

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्ने भक्तजनहरुको घुँईचो ।

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्ने भक्तजनहरु ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन दण्तवत् प्रणाम गर्दै छठघाट जाँदै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली ।

थापाथलीस्थित बागमती नदी किनारमा बुधबार छठ पुजाअर्चनामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ भक्तजनहरु दिदै ।

बुधबार साझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ भक्तजनहरु दिदै ।

सप्तरीको राजविराज नगरपालिका-६ स्थित तुरुन्ती पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिदै महिला ।

काठमाडौँको कमलपोखरीमा शरीरले नापेर पोखरीको परिक्रमा गर्दै एक व्रतालु । यसो गरेमा सुख शान्ति र मनोकामना पुरा हुन्छ भन्ने विश्वास छ ।

धनगढीको मोहना घाट स्थित झिलमिली बत्ती सहित सजाइएएको छठ पूजा स्थल ।

सबै : तस्बिर रासस