काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले भोलिको उज्वल भविष्यका लागि राष्ट्रिय जनगणना अपरिहार्य रहेकाले गणनामा सहि विवरण उपलब्ध गराउन सम्पूर्णमा आग्रह गरेका छन्  ।


ADVERTISEMENT


 प्रधानमन्त्री देउवाले देश विकासका लागि उपयुक्त निति निर्माण गर्न आवश्यक सुचनाको आधार स्तम्भ रहेको राष्ट्रिय जनगणनाले नै भोलिको भविष्य तय गर्न सघाउ पुर्‍याउने भन्दै गणनामा सहि विवरण उपलब्ध गराउन सम्पूर्णमा आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


आजदेखि सुरु हुन लागेको बाहृौँ राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भमा एक सन्देश भिडियो जारी गर्दै उनले सम्पूर्णमा सो आग्रह गरेका हुन् ।

उक्त भिडियोमा उनले आम जनताले गणकहरुलाई सहि विवरण उपलब्ध गराउने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘जनगणनाले व्यक्तिकोगणना मात्रै नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्दछ । यसै कार्यक्रम अन्र्तगत कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म तपाई हाम्रो घर–घरमा जनगणना गर्नका लागि गणक हरु आउँदै हुनुहुन्छ । तपाईहरुले सहि विवरण उपलब्ध गराएर राष्ट्रको निति निर्माणका लागि अपरिहार्य सुचना संकलनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

पहिलो पटक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरिका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीहरुको समेत जनसाङ्ख्यिक, आर्थिक र सामाजिक लगायत परिवारमा उपलब्ध सेवा सम्बन्धि विवरणहरु सोधन हुन लागेको जानकारी दिदैँ उनले अघि भनेका छन्, ‘यसबाट प्राप्त हुने तथ्यांकहरु केन्द्रदेखि स्थानिय तहसम्मको निति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । विगतमा हामी कुन अवस्थामा थियौ ? अहिले कुन अवस्थामा छौ ? र, भोलिको उज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ ? भन्ने थाहा पाउनका लागि पनि हामीलाई जनगणना अपरिहार्य हुन्छ ।’

यसका साथै उनले व्यक्तिले दिएको सम्पूर्ण व्यक्तिगत विवरणहरु तथ्यांक ऐन–२०१५ बमोजिम गोप्य नै  रहने समेत जानकारी दिएका छन् ।