काठमाडौं –  काठमाडौं को गैरीगाउँस्थित जुवाको खालबाट  पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरीवृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो ।

कौडाको खालबाट  पाँच लाख ११ हजार ५०० रुपैयाँ नगदसमेत बरामद गरिएको  प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरीवृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । रासस