काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई  एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विभिन्न आन्दोलनका कारण नै किराँत राई लगायतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकतावद्ध हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा राखे । उनले अहिले मुलुक विकास र समृद्धिको बाटोमा रहेको भन्दै जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने गरी समृद्धिको नारालाई पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको बताए । प्रदेशको नामाङ्करणका विषयमा आफू बहुपहिचानबाट पछि नहट्ने उनले बताए ।

उनले पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने नेताहरुले जनतालाई धोका दिन नहुने तर्क गरे ।