मनाङ – मुस्ताङको कोबाङ क्षेत्रमा भीषण हिमपहिरो गएको छ । आइतबार दिउँसो करिब ११ बजे थासाङ गाउँपालिका, माथि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिमपहिरो गएको स्थानीय प्रशासनले जनाएको छ ।


ADVERTISEMENT


हिमपहिरोबाट जोगिनका लागि भाग दौड गर्नेक्रममा आधा दर्जन बढी मानिस घाइते भएको बताइएको छ । हिमालको फेदीमा रहेको थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


हिम पहिरोबाट कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । फेरि पनि हिमपहिरो जान सक्ने भएकाले सतर्क रहन स्थानीयलाई आग्रह समेत गरिएको छ ।