काठमाण्डौं-श्रीमतीको हत्या गरी फरार काभ्रे कानपुर २ का ३२ वर्षीय रामलाल विश्वकर्मालाई प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो सीआईबीले ८ वर्ष पछि पक्राउ गरेको छ ।


ADVERTISEMENT


विश्वकर्माले काठमाडौंको जोरपाटी गाविस–२, नयाँ बस्तीमा डेरा गरी बसेका बेला श्रीमती १८ वर्षीया रविनालाई धारिलो हतियार प्रहार गरी २०६७ साल साउनमा हत्या गरेका थिए ।


ADVERTISEMENT

# # #


उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको सीआईबीले जनाएको छ । ब्यूरोले विश्वकर्मालाई पोखराको अमरसिंह चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।