काठमाण्डौं-नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड-२०१७ मा सहभागी भएकी नेपाल सुन्दरी निकिता चन्द अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरीमा पर्न सफल भएकी छन् ।


ADVERTISEMENT


शनिबार राति चीनको सन्यामा आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेकी हुन् । मिस वर्ल्डमा यसदेखि वर्षदेखि हेड टु हेड कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो ।


ADVERTISEMENT

# # #


पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ ।

आगामी शनिबार चीनको सान्यामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा यिनै ४० प्रतिस्पर्धीले र्‍याम्प नाप्नेछन् । त्यहीँबाट यो वर्षकी विश्वसुन्दरी घोषणा गरिनेछ। 