नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि एक ऐतिहासिक र सुविधाजनक सेवा सुरु गरेको छ — हुलाक सिम सेवा । यस सेवा अन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्नु हुनेछ ।
सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बिच सो सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकको रुपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा मन्त्री तिमिल्सिनाले सानो तर महत्वपूर्ण सेवाको सुरुवातको रुपमा हुलाक सिम सेवा वितरण भएको र पहिलो ऐतिहासिक ग्राहक बन्न पाएकोमा गर्व गर्दै उक्त सेवाको दायरा बढाउन निर्देशन दिए । उनले आगामी दिनमा बाँकी सेवाहरु समेत पूर्ण रुपमा अनलाइनमार्फत उपलब्ध गराई जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने सरकारको कदममा सहयोग पु¥याउन सकिने कुरामा जोड दिए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले हालको पुस्ताले अपेक्षा गरेको प्रविधि उपलब्ध गराउन सकेकोमा खुसी व्यक्त गर्दै सरकारी सेवा हुलाकमार्फत उपलब्ध गराउने सरकारको कदममा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले दुई संस्था बिचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न निर्देशन दिए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हाल कम्पनीले कार्यालय र डिलरहरुमार्फत सेवा उपलब्ध गराइरहेकोमा अब सेवाग्राहीको घर घर सम्म पुग्न समेत सहज भएको र यो कम्पनीका लागि एक कोशेढुंगा भएको बताइन् । उनले यसबाट सुगम क्षेत्र मात्र नभई सडकको पहुँच नभएका ग्रामीण क्षेत्रमा समेत सेवा उपलब्ध गराउन सकिने र आगामी दिनमा अन्य सेवाहरु समेत ग्राहकको घरदैलोमै पु¥याउनका लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा उपलब्ध गराउनका लागि हुलाकको भूमिका महत्वपूर्ण हुने बताउदै दुई संस्थाबिच आगामी दिनमा अन्य सेवा वितरणका लागि समेत सहकार्य गर्न सकिने बताइन् ।
त्यसपछि नेपाल टेलिकमबाट कागजात जाँच हुनेछ र यसको वारेमा एसएमएस मार्फत जानकारी दिइनेछ । आवेदन स्वीकृत भएमा भुक्तानी चरणमा अगाडि बढ्न सकिन्छ र सुधार आवश्यक भएमा आवश्यक विवरण सच्याउन सकिन्छ । त्यस पश्चात आवेदन स्वीकृत भएपछि सिम शुल्क र हुलाक डेलिभरी शुल्क मिलाएको जम्मा रकम अनलाइनमार्फत बुझाउन सकिन्छ । सिमका लागि ९० र हुलाक डेलिभरीका लागि ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेटबाट स्क्यान गर्न वा नमस्ते पेबाट सिधै भुक्तानी गर्न सकिन्छ ।
भुक्तानी सम्पन्न भए पश्चात नेपाल टेलिकममार्फत मोबाइल नम्बर तोकी सेवाग्राहीलाई एसएमएस र इमेलमार्फत डेलिभरी कन्फर्मेसन र एक्टिभेसन कोड पठाइन्छ । उक्त एक्टिभेसन कोड सम्बन्धित ग्राहकले सुरक्षित राख्नु पर्छ र पछि सिम सक्रिय गर्न यो अनिवार्य हुन्छ ।






























