काठमाडौं – घरमा सकरात्मक उर्जाको प्रवेशका लागि बाधारहित हुनुका साथै फोहरको व्यवस्थापन हुनु जरुरी हुन्छ । घरको गेटमा ओइलाएका बोट–विरुवा, लहरा, काँडा हुनु नराम्रो मानिन्छ । त्यसकारण त्यस्तो क्षेत्रमा विरुवा नहुनु नै राम्रो हुन्छ ।


ADVERTISEMENT


घरलाई मात्र व्यवस्थित बनाउन सकियो भने तपाईंको भाग्य नै फेरिन सक्छ । किनकी तपाईको घरमा सकरात्मक उर्जाको प्रवेश हुनु भनेको तपाईको जीवनमा नयाँ उमंग छाउनु हो ।


ADVERTISEMENT

# # #


– घर को व्यवस्थित राख्नुहोस् जीवनमा केही नयाँ हुनेछ । सफा–सुग्घर घर सकरात्मक उर्जा मात्रै ल्याउँदैन तपाईंको दिमागलाई शान्त राख्नुका साथै नयाँ सोचको विकास हुन्छ ।

–टुटे फुटेका चीज तथा कलाकृतिहरु घरबाट बाहिर निकालिदिनुहोस् । यस्ता चीज वस्तुले नकरात्मक घरमा उर्जाको वास गराउँछ ।

– सुत्ने कोठालाई पृथक् राख्नुहोस् । तपाईको नोकरी तथा व्यवसायसँग कुनै पनि चीज वस्तु सुत्ने कोठामा कहिल्यै नराख्नुहोस् । बेडरुमबाट ती सबै चीजलाई हटाइदिनुहोस् उच्च चुम्बकीय क्षेत्रको उत्पादन गर्छन् । जस्तै विद्युतीय उपकरण, कम्प्युटर आदि ।

– यो कुरामा सधैं ध्यान दिनुहोस् कि कतै फर्निचरका कारण घर भित्र प्रवेश गर्न र वाहिर जान अप्ठेरो त परेको छैन । यदि त्यस्तो छ भने त्यहाँबाट फर्निचर हटाइहाल्नुहोस् । मानिसको आवत–जावत हुने ठाउँमा फर्निचर राख्दा घरमा सकरात्मक उर्जाको प्रवेश हुँदैन ।

–ऐनालाई मुख्य ढोकामा टाँग्नुहुँदैन । ढोकामा राखिएको ऐनाले मानिसलाई असर पुर्याउन सक्छ । छुट्टै कोठामा ऐना राख्नुहोस् ।

– सुत्ने कोठामा सधैं सुद्ध जल राख्ने गर्नुहोस् । तामाको भाँडामा पानी राख्दा सकरात्मक उर्जाको विकास हुन्छ । पानीलाई सामान्यतया उत्तर या पूर्व दिशामा राख्दा राम्रो हुन्छ ।

– घरमा फूल रोप्नुहोस् । यसले सकरात्मक उर्जाको विकास गर्छ ।
– सुत्ने कोठा तथा खाना खाने कोठामा सधैं फलले भरिएको एक टोकरी राख्नुहोस् । जसमा मुख्य रुपमा सुन्तला र कागती होस् ।

– फर्निचरको डिजाइन गर्दा ध्यान दिनुहोस् कि कतै तिखो कुनो त छैन रु र बेडमा पनि तिखो कुनो छ भने त्यसलाई तुरुन्त मर्मत गराएर तिखो कुनो हटाउन लगाउनुहोस् । यसो गर्नाले घर धनधान्यले पूर्ण हुनसक्छ ।