पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो चौथो बच्चाको बुबा बनेका छन् । गत असारमा जुम्ल्याहा बच्चा पाएका रोनाल्डोले चौथो बच्चाको रुपमा एक छोरी भित्राएका छन् ।


ADVERTISEMENT


रोनाल्डोका २३ वर्षीय मोडल प्रेमिका जर्जिना रोड्रिगेजले आइतबार छोरीलाई जन्म दिएकी हुन् । रोनाल्डोले आफ्नो अफिसियल ट्वीटर पेजबाट छोरीको जन्म भएको खुलाएका छन् । आइतबार जन्मिएकी छोरी रोनाल्डोको चौथो सन्तान हुन् ।


ADVERTISEMENT

# # #


रोनाल्डोले मड्रिडको एक अस्पतालमा प्रेमिका रोड्रीगेज र ठुलो छोरासँगको फोटो सार्वजनिक गर्दै लेखेका छन्, “अलाना मार्टिनाको भर्खर जन्म भयो, जर्जिया र अलाना दुवै ठिक छन् । हामी सबै खुशी छौ ।”

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले गत असारमा सरोगेसीमार्फत जुम्ल्याहा बच्चा माटियो र इभालाई जन्म दिएका थिए । यस्तै रोनाल्डोले यसअघि एक अपरिचित आमाबाट पहिलो सन्तानको रुपमा क्रिस्टियानो जुनियरलाई जन्माएका थिए । क्रिस्टियानो जुनियर अहिले ७ वर्ष पुगिसकेका छन् ।