काठमाडौँ– राहदानी विभागले नेपालमा पहिलोपटक ई–पासपोर्ट वितरण सुरु गरेको छ ।


ADVERTISEMENT


बुधबार राहदानी विभागमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले औपचारिक उद्घाटन गरेपश्चात् पहिलो पासपोर्ट पहिलो ई–पासपोर्ट संस्कृतिविद् सत्यमोहन जोशीलाई वितरण गर्दै नेपालमा पनि यसको थालनी गरेको हो ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री खड्काले ई–पासपोर्टको सम्पूर्ण कार्य अनलाइनबाटै हुने भएकाले यसले व्यक्तिको समय बचत गर्नुका साथै पासपोर्ट बनाउन सरल एवम् सहज स्थिति सिर्जना गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ’, उनले भने।

उक्त पासपोर्ट आउँदो अंग्रेजी नयाँ वर्षदेखि औपचारिक रूपमा प्रचलनमा ल्याउने जनाउँदै यो विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको धारणा व्यक्त गरे । यसका साथै साधारण पासपोर्टको तुलनामा यो सुरक्षित समेत रहेको बताउँदै महानिर्देशक अर्यालले भने, ‘विद्युतीय राहदानीको पोलिका र्बोनेट पानाभित्र सुरक्षित चिप्स जडान गरिएको हुन्छ, जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ । विद्युतीय राहदानी सुरक्षित र भरपर्दो मानिन्छ ।’

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको ई–पासपोर्ट छपाइका लागि विभागले गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपैयाँ लागतको सम्झौता गरेको थियो ।

पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिने पासपोर्टको डिजाइनलाई नेपाल सरकारले स्वीकृति दिएपछि पहिलो चरणको छपाइ भइसकेको विभागले जनाएको छ ।