काठमाडौं – छोराछोरीलाई आमा भन्ने शब्दको कति महत्व हुन्छ भन्ने एक ज्वलन्त उदाहरण भएको ‘आमाको स्मृतिमा कविता प्रतियोगिता हुने, विजेतालाई दश लाखको स्वास्थ्य बीमा !’


ADVERTISEMENT


एक छोराले यस्तै काम गरेका छन् । जो सत्य हो र यो आयोजना पनि हुँदैछ । शीर्षकैले आमाको महत्व र गरिमालाई बताइरहेको छ । कविता प्रतियोगिता आयोजना गर्ने छोरा हुन्  बीमा विज्ञ विक्रान्त पाण्डे ।


ADVERTISEMENT

# # #


आफ्ना बालबालिकाको जन्मदिन, व्रतबन्ध, विवाह उत्सव जस्ता कार्यक्रममा बीमालेख उपहार दिने र भविष्य सुरक्षित गर्ने चलन नेपालमा अब नौलो रहेन ।

बीमालेख उपहार दिने र भविष्य सुरक्षित गर्ने प्रचलन चलिरहेको बेला बीमा विज्ञ विक्रान्त पाण्डेले भने आफ्नी ममतामयी आमाको ४५औं दिनको पुन्य तिथिमा ‘आमा’ शीर्षकको कविता प्रतियोगिता गरी प्रथम हुनेलाई १० लाखको स्वास्थ्य तथा औषधोपचार बीमा गरिदिने घोषणा गरेका छन् ।

पाण्डेकी आमा सरिता पाण्डेको, ६५ वर्षको उमेरका असोज २५ गते निधन भएको थियो । स्वगीय पाण्डेका दुई छारा र एक छोरी छन् । उपलब्ध कविताहरुमध्येबाट विज्ञहरुको टोली बनाई उत्कृष्ट कविताको छनोट गरिने पाण्डेले जानकारी दिएका छन् । प्रतियोगिहरुले विक्रान्त पाण्डेको इमेल [email protected]  मा कविता पठाउन सकिनेछ । कविता, आमा शीर्षकमा हुनुपर्नेछ ।