काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताएका छन् ।


ADVERTISEMENT


माओवादी पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्ने र सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्ने बताएका हुन् । मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राखे। समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनले बताएका हुन् ।  यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि मन्त्री शर्माले बताए । उनले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजातिलगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने धारणा पनि राखे ।

पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको भन्दै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा समेत राखे ।