काठमाडौँ – महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । नेपाली महिला टोलीले मंगलबार भुटानको महिला टोलीर्लाई ८ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपाली बलरले कसिलो बलिङ गर्दा दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रन मात्रै बनाउन सक्यो । ६२ रनको सामान्य लक्ष्य पाएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका जितका लागि सीता रानामगरले अलराउन्ड प्रदर्शन गरिन् । ओपिनिङ ब्याटिङमा आएकी उनले इन्दु बर्मासँग पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेर जितका आधार तय गरिन् । त्यसक्रममा उनले १३ बलमा २ चौकाससहित १७ रन बनाइन् । यस्तै इन्दुले २४ बलमा नाटआउट १८ रनको योगदान दिइन् भने कप्तान रुबिना क्षेत्री १२ बलमा १ चौकासहित १० रनमा रनआउट हुँदा बविता जोहीले २ बलमा २ चौकासहित ८ रन बनाएर जित दिलाइन् ।

भुटानका लागि टासी छेकीले एक विकेट लिइन् ।

यसअद्धि भुटानका लागि न्याङवाङ छोडेनले १३ तथा सोनम पाल्दोनले ११ रन बनाए । त्यसबाहेक अन्य बाटरले दोहोरो अंक छुन सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा सीता रानामगरले ३ विकेट चट्काइन् । १० ओभर बलिङ गरेकी उनले १० रन मात्र दिइन् । यस्तै करुणा भण्डारीका नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा सोमबार हङकङसँग ६ विकेटले हारेको नेपालले बिहीबार कुवेतसँग खेल्नेछ ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले हङकङ, भुटानसँगै घरेलु टोली युएइ, कुवेत र मलेसियासँग खेल्दैछ । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।