काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड आफ्नो स्थापनाकालको १४औं वसन्त पार गर्दै १५औं वसन्तमा प्रवेश गरेको छ । मंगलबार विभिन्न कार्यक्रम गरी बैँकले आफ्नो वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


सो अवसरमा विकास बैँकले अघिल्ला वर्षहरुमाझैँ सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु अन्तर्गत रक्तदान कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, वीरगञ्ज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा गरिमा विकास बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको बैँकले जनाएको छ ।

निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ ।

पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो ।
यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ भने १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

विकास बैँकले वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।