काठमाडौँ – नेकपा (एमाले) ले १०औँ महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गरेको छ।


ADVERTISEMENT


मंगलबार बसेको स्थायी कमिटी बैठकले बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटीको गठन गरेको हो। अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै, बैठकले ७ सदस्यीय माइन्युट कमिटी पनि गठन गरेको छ। जसमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।


ADVERTISEMENT

#
#


बैठकमा महाधिवेशन तयारी समितिहरूले रिपोर्टिङ गरेका थिए । महाधिवेशनलाई व्यवस्थित गर्नेगरि तयारी भएको एमालेले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया