हामीमध्ये सबैले आफ्नो जीवनकालको कुनै न कुनै समयमा आफ्ना शरीरका केही अंगहरु फरफराएको पक्कै महशुस गरेका छौँ । उसो त यसरी शरीरका अंगहरु फरफराउने प्रक्रियालाई हाम्रो नेपाली समाजमा ज्योतिष शास्त्रसंग जोडेर हेर्ने चलन छ । तर, वैज्ञानिक क्षेत्रअन्र्तगत भने यसलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


शरीरका अंगहरु फरफराउने प्रक्रियालाई चिकित्सा क्षेत्र अन्तर्गत ‘बडि ट्विीचिङ’ वा ‘फ्यासिक्युलेशन’ भनिन्छ । र, सामान्यतयाः कहिलेकाहिँ शरीरका केहि भागहरु फरफराउनुलाई सामान्य अवस्था मानिन्छ । तर, केहि अवस्थामा भने यसले हाम्रो शरीरमा भएको गम्भीर समस्यातर्फ संकेत गरिरहेको हुन्छ । अर्थात्, शरीरका अंग फरफराउने समस्या व्यक्तिमा सामान्य तथा असामान्य दुवै प्रकृतिमा देखिन्छन् । उसोभए वास्तवमा किन फरफराउँछन् त शरीरका अंगहरु ? यस्ता छन्, यसपछाडिका वैज्ञानिक तथ्यहरु :


ADVERTISEMENT

# # #


साझा कारणहरुः

आँखा, थाई तथा गोडाको पछाडिको भाग तथा बुढि औला फरफराउने प्रकृया सामान्य एवम् साझा प्रकृया हो । तर, कहिलेकाहिँ यो हामीले आफ्नो जीवनशैलीप्रति गरेको बेवास्ताको प्रतिफको रुपमा पनि देखिन्छ । ती कारणहरु यस्तो रहेको छः
-अत्याधिक शारीरिक कसरत
-धुम्रपान
-तनाव तथा चिन्ता
-पोषण तत्वको कमी
-अधिक कफिको सेवन
-आँखाको ढकनी वा सतह पोल्नाले९जलन हुनाले०
-लागू पदार्थ सेवनको प्रतिकृया
-शरीरको सुख्खापन ।

यी बाहेक कहिलेकाहिँ शरीरमा लागेका विभिन्न अन्य रोगको लक्षणको रुपमा पनि शरीरका अंगहरु फरफराउने गर्छन् । यसपछाडिको गम्भीर कारणहरु भने निम्न रहेका छन्ः

-बिनाई फ्यासिक्युलेशन सिन्ड्रोम
-टिक्स कोरियाको रुपमा
-एसएलई डिजिज
-कमजोर मांसपेशी
-आईज्याक्स सिन्ड्रोम ।

समाधानका उपायहरु ;

यसरी शरीरका अंगहरु फरफराउनु पछाडि विभिन्न कारणहरु रहेका हुन्छन् । तीमध्ये कुनै हाम्रो जीवनशैलीको प्रतिबिम्बको रुपमा देखिन्छ, भने केहि जटिल समस्यातर्फको संकेतको रुपमा पनि देखिन्छ । त्यसैले यसको कारण पत्ता लगाई चाँडोभन्दा भाँडो यसको निराकरण गर्नुपर्छ । यसका लागि व्यक्तिले निम्न पक्षहरुमा ध्यान दिनुपर्छ :

-मांसपेशीहरु लाई आराम दिदै रेस्ट लिने
-अतिरिक्त काम व्यायामलाई बेवास्ता गरी ८ घण्टा पूर्ण रुपमा सुत्ने प्रयास गर्ने
-शरीर तन्काउने
-प्रशस्त मात्रामा पानि पिउने
-फरफराएको ठाउँमा तातोपानी वा आइसले सेक्ने
-उचित आहारको सेवन
-तनाव र चिन्ताबाट सकेसम्म टाढा रहने
-र, लगातार शरीरका अंगहरु फरफराउनु गम्भीर रोगको लक्षण हुने भएकाले न्युरोलोजिस्टसंग परामर्श लिनुपर्छ ।