विषादी सेवनले महोत्तरीमा दाजुको मृत्यु भएको छ भने भाइ गम्भीर घाइते भएका छन् । सडकमा फ्याकेको प्याकेटभित्रको विषादीलाई खानेकुरा सम्झेर खाएपछि आइतबार साँझ दुई बालक गम्भीर घाइते भएका थिए ।


ADVERTISEMENT


‘दुई बालक बिष सेवन गरेको खवर पाउना साथ हाम्रा प्रहरीको टोली घटनास्थल पुग्यो । त्यहाँ (घटनास्थलमा) थुप्रै प्लाष्टिकको खाली प्याकेटहरु भेटियो, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले भने, ‘जसमा एउटा थाईमेट नामक विषादीको खाली प्याकेट समेत भेटियो । बच्चाहरुले सोही विषादीको प्याकेटभित्र रहेको थाईमेट सेवन गरेको हुनुपर्छ ।


ADVERTISEMENT

# # #


गौशाला नगरपालिका-८ बेलगाछीका रामविलाश ठाकुरका ५ वर्षीय छोरा उद्धव ठाकुर र अढाई वर्षीय उदितकुमार ठाकुरको अवस्था गम्भीर भएपछि जनकपुर अञ्चल अस्पताल लगिएको थियो। उपचारका क्रममा उद्धवको मृत्यु भएको थियो । उदितको अवस्था पनि गम्भीर रहेको छ । उनलाई आईसियूमा राखेर उपचार भइरहेको छ ।

स्थानीय मनु साहका अनुसार बिष सेवनले बालकहरु छटपटिदै निरन्तर उल्टी गर्न थालेपछि स्वास्थ्यचौकी लगिएको थियो। तर स्थानीय स्वास्थ्य चौकीमा चिकिस्तक नभएपछि जनकपुर पठाइएको थियो। त्यहाँबाट पनि बिरामीलाई बिराटनगर रिफर गरिएको स्थानीयले बताए।