काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ ।


ADVERTISEMENT


माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।


ADVERTISEMENT

# # #


जटिल प्रकारको जण्डिसबाट पिडित नेता पुन विगत डेढ महिनादेखि थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार गराइ रहेका थिए । लामो समय अस्पताल बसाईमा स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि उनलाई चिकित्सको सुझावमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उनका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएकी छन् । सेनजेनमा पुनको उपचार आजैदेखि थालिने बताइएको छ ।

जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताए ।

नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गरेको बताइएको छ । रासस