काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन प्रधानमन्त्री देउवालाई आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् ।


ADVERTISEMENT

# # #


यस सन्दर्भमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

उहाँहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राखेको विषयलाई गम्भीरतापूर्वक लिँदै सोबारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले जनाए । प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताएका थिए ।

भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वोच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगायतको उपस्थित रहेको थियो ।