ठमाण्डौं-आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमन तथा मानव अधिकारको समग्र अबस्थाको बिषयमा निर्वाचन आयोगले आज राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंग छलफल गर्दैछ ।


ADVERTISEMENT


छलफलमा मानव अधिकार आयोगले निर्वाचनमा बढ्दो बालबालिकाको प्रयोग, आचारसंहिता बिपरित हुदै आएका घटना तथा मानव अधिकार उल्लघनका घटनामा भईरहेको बृद्धि लगायतका बिषयमा निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


बिहान ११ बजे राजधानीको कान्तिपथस्थित आयोग मुख्यालयमा हुने छलफलमा मानव अधिकार आयोगका साथै अन्य सरोकारवाला निकायलाई बोलाईएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिए ।

निर्वाचन प्रचार प्रसारका क्रममा पछिल्लो समय देखिएका मानव अधिकार उल्लंघनका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउँदै आएको छ ।

त्यस्तै आयोगको टोलीले निर्वाचनमा गर्ने अनुगमन तथा उम्मेदवार तथा मतदातामा देखिएको असुरक्षा लगायतका बिषयमा पनि आज छलफल हुने प्रबक्ता ढकालले जानकारी दिए ।