बर्लिङ– जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र ‘सम्भवतः छिमेकी राष्ट्रहरू’ लाई असर गर्ने स्पानको भनाई छ ।


ADVERTISEMENT

# # #


जर्मनले दक्षिण अफ्रिकाबाट यात्रामा प्रतिबन्ध गरेपनि जर्मन नागरिकलाई भने दक्षिण अफ्रिकामा प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनलाई भने अनिवार्य गरिएको छ । रासस