काठमाडौँ– नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल स्कुल अफ इन्ट्रप्रुनुसीप– नबिल एसएसई’ को शुरुआत गरेको छ ।


ADVERTISEMENT


समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई पवर्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सो कार्यक्रमको थालनी गरिएको बैंकले जनाएको हो ।


ADVERTISEMENT

# # #


स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको पवर्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रमको तय गरेको छ ।

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसंगको सहकायमा वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्नै बैंकले विश्वास लिएको छ ।