काठमाडौँ– एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय मानकीकरण संगठन(आईएसओ) प्रमाणपत्र प्राप्त गरेको छ ।


ADVERTISEMENT


आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार आफ्नो ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं ती विवरणहरुको सुरक्षाको सुनिश्चितता देखाए बापत बैंकलाइ प्रमाण तथा सुचना सुरक्षा जीएमबीएचले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


यसले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिलेको भन्दै बैंकले प्रमाण तथा सुचना सुरक्षा जीएमबीएचप्रति आभार व्यक्त गरेको छ ।