मेक्सिको – मेक्सिकोमा यात्रुवाहक बस  दुर्घटना भएको छ । घटनामा  कम्तिमा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार  यात्रुबाहक बस शुक्रबार दुर्घटना हुँदा थप २० जना घाइते भएका छन् ।


ADVERTISEMENT


स्थानीय सञ्चारमाध्यमका अनुसार धार्मिकस्थलतर्फ गइरहेको गाडी दुर्घटना भएको हो । घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचारका लागि हवाई एम्बुलेन्ससमेत प्रयोग गरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #