सौराहा – नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पाँच घण्टापछि सुरु भएको हो ।


ADVERTISEMENT


शनिबार बिहानभर सहमतिमा नेतृत्व टुङ्‍गो लगाउने प्रयास गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई सहमत गराउन प्रयास गरेता पनि सफल भएका थिएनन्। त्यसको असर बन्दसत्रको पूर्वनिर्धारित समयलाई परेको थियो ।


ADVERTISEMENT

# # #


बन्दसत्रमा अहिले विभिन्न देशबाट आएका अतिथिहरुले सम्बोधन गर्न थालेका छन् । उद्घाटन सत्रमा बोल्न नदिइएको उनीहरुलाई बन्दसत्रमा बोल्ने अवसर दिने कार्यक्रम तय भएको थियो ।

बन्दसत्र सौराहास्थित होटल सेभेन स्टारमा आयोजना गरिएको छ। शुक्रबारदेखि सुरु एमाले महाधिवेशन आइतबार सकिने कार्यसूची छ ।

बन्दसत्रको सञ्‍चालन ईश्वर पोखरेलले गरेका छन् ।