चितवन – एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै पार्टीलाई दुई पटक प्रतिक्रियावादीहरुले फुटाएको बताएका छन् ।


ADVERTISEMENT


उनले एमालेलाई सिध्याइयो भनेर खुशी हुनेहरूलाई असफल पारिएको बताएका छन् । एमाले सत्ताबाट बाहिर हुँदा र पार्टी विभाजित हुँदा एमालेलाई सिध्याइयो भनेर खुशी हुनेहरूलाई २ वटा महाधिवेशनको जनसहभागिता र उत्साहबाट असफल बनाइएको ओलीले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले एमालेले केही महिनामै विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन उत्साहपूर्वक र व्यापक जनसहभागितामा सम्पन्न गरिरहेको बताए । देशभरका ८ लाख ५५ हजार पार्टी सदस्यको मेहनतको प्रतिफल एमालेले देखाइरहेको उनले बताए ।

प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री बनाइएकोप्रति ओलीले भ,ने  ‘प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री बनेको संसद्लाई थाहा छैन,’ उनले भने, ‘परमादेशको नाममा दुनियाँमा कतै नभएको कुरा नेपालमा भयो ।’

आफू नेतृत्वको सरकारलाई अलोकतान्त्रिक, असंवैधानिक ढंगले हटाइएकोसमेत दोहोर्‍याए । ‘जनताको समर्थनबाट हामी हटेका होइनौं, षडयन्त्रका कारण असंवैधानिक ढंगले हटाइयो,’ उनले भने, ‘राजनीतिमा संलग्न गराउन नहुने शक्तिहरू हाम्राविरुद्ध संलग्न गराइयो ।’