काठमाडौं – नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ । देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।