काठमाडौं – दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्तिमा नयाँ कोभिड–१९ भेरिएन्टको शंकास्पद घटना पत्ता लागेको एक जर्मनी क्षेत्रीय अधिकारीले शनिबार बताएका छन् ।


ADVERTISEMENT


दक्षिणी अफ्रिकामा पहिलो पटक पत्ता लागेको तनावलाई संकेत गर्दै पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्वीटमा लेखेका  छन्, “नयाँ सङ्क्रमितमा ओमिक्रोन भेरिएन्टको बलियो सम्भावना रहेको छ ।” दक्षिण अफ्रिकाबाट जर्मनी फर्केका यात्रुको शुक्रबारको अन्ततिर गरिएको परीक्षणले ‘ओमिक्रोन‘का थुप्रै ‘म्युटेसन’हरू सङ्केत गरेको कुरा क्रोजले बताए ।


ADVERTISEMENT

# # #


“नयाँ भेरिएन्टको प्रबल शङ्कापछि कोभिड–१९ सङ्क्रमित उक्त व्यक्तिलाई उनकै घरम एक्लै बस्न लगाइएको छ । यसबारे थप अनुसन्धान हुन बाँकी नै छ ।”

सङ्क्रमित उक्त व्यक्ति जर्मनीको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ईयुको सबैभन्दा बढी जनसंख्या भएको देश (जर्मनी)मा आइपुगेको मन्त्रालयले जानकारी गराएको छ ।

बेल्जियमले कोभिडको खोप नलगाएका एक व्यक्ति कानून विपरित शुक्रबार विदेशबाट फर्किएका र उनमा नयाँ कोभिड–१९ भेरिएन्ट भेटिएको बताएको एकदिनपछि जर्मनीमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमित फेला परेको बताइएको हो । बेल्जियमले युरोपमा यो नयाँ भेरिएन्ट सङ्क्रमितको पहिलो घटना भेटिएको बताएको छ ।

बेल्जियमका एक चर्चित ‘भाइरलोजिस्ट’ मार्क भान रान्स्टले ट्वीट गर्दै उक्त व्यक्ति नोभेम्बर ११ मा इजिप्टबाट फर्किएको बताएका थिए ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार हालै पत्ता लागेको ओमाइक्रोन नाम दिइएको बी.१.१.५२९ प्रकारको कोभिड–१९ लाई चिन्ताको विषय घोषणा गरेको छ । यूरोपेली संघका स्वास्थ्य अधिकारीहरूले यस नयाँ तनावले महाद्वीपको लागि ‘अझ धेरै जोखिम’ उत्पन्न गरेको बताएका छन् ।

यूरोपेली संघका अधिकारीहरू यस ब्लकका सबै २७ राष्ट्रहरूलाई विभिन्न दक्षिण अफ्रिकी राष्ट्रहरूको यात्रामा प्रतिबन्ध लगाउन आग्रह गर्न शुक्रबारको दिन सहमत भए जुन नीति जर्मनीले लागु गरिसकेको छ । रासस