काठमाडौँ – नेपाली कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि मतदान सम्पन्न भएको छ ।


ADVERTISEMENT


कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि आइतबार काठमाडौको राष्ट्रिय सभा गृहमा मतदान सम्पन्न भएको हो । काठमाडौंमा नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाएका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा सिंह–थापा पक्षबाट अहिलेका सभापति कृष्णसबुज बानियाँ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपेन्द्र कार्की सभापतिको उम्मेदवार छन् । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा छन् भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए ।

१३ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थनमा बानियाँ काठमाडौं जिल्ला सभापति निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा काठमाडौं कांग्रेसमा समीकरण बदलिएको हो । कांग्रेसको जारी अधिवेशनमा काठमाडौंमा प्रकाशमान–गगन एउटा समूहमा छन् भने संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता एक ठाउँमा छन् ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० गतेदेखि अधिवेशन भइरहेको छ भने काठमाडौमा आइतबार भएको हो । एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मंसिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएका थिए । कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ ।

त्यसपछि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ ।