चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भइरहेको प्रयास असफल हुँदै गएको संकेत भएको छ ।


ADVERTISEMENT


चितवनको सौराहामा जारी राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थल बाहिर मतदाताको नामावली र निर्वाचन कार्यतालिका टाँस्ने प्रयास भइरहेको छ ।


ADVERTISEMENT

# # #


अहिले राती ११ बजे मतदाता नामावली प्रकाशन, राती ११ः१५ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध र सुधार लगायत र राती ११ः३० देखि १२ः३० मा उम्मेदवारको दरखास्त फाराम वितरण र दर्ताको कार्यतालिका राखिएको छ ।

यस्तै राती १ देखि १ः१५ बजे उम्मेदवारको विरोधमा उजुरी दिने, राती १ः३० देखि २ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । यस्तै राती २:१० बजे अन्तिम उम्मेदवारको नामावली प्रकाश गरिनेछ ।

सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।