काठमाडौँ– बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।