काठमाडौँ– गृह मन्त्रालयले दक्षिण अफ्रिकाबाट नेपाल प्रवेश गर्ने यात्रुमाथि कडाई गर्ने भएको छ ।


ADVERTISEMENT


आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालमा पनि अफ्रिकी मुलुकबाट आउने यात्रु प्रवेशमा रोक लगाएको हो ।


ADVERTISEMENT

# # #


यद्यपि अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएपनि डिप्लोमेटिक पासपोर्ट भएकालाई र नेपाल आइसकेका नेपाली नागरिकलाई भने नफर्काइ क्वारेन्टाइनमै राखिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रारम्भिक अध्ययनबाट खोपले समेत रोक्न नसक्ने देखिएको ‘ओमिक्रोन’ पुरानो भेरियन्टको तुलनामा पाँच गुणा शक्तिशाली रहेको विशेषज्ञहरुको भनाई छ ।अफ्रिकाबाट सुरु भएको सो भेरियन्टको संक्रमण युरोप, इजरायल, हङहङ, अस्ट्रेलिया हुँदै भारतसम्म फैलिसकेको छ । यसअघि छिमेकी मुलुक भारतमा संक्रमण देखिना साथ नेपालमा पनि त्यसको जोखिम उच्च रहेको अनुभव संगालेको नेपाल सरकारले भविष्यमा आउन सक्ने संक्रमण जोखिम न्युनिकरणका लागि सो निर्णय लिएको हो ।

यसै सम्बन्धमा थप निर्णय गर्न आज कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक समेत बस्दैछ। यद्यपि गृहले गरेको मौखिक निर्णयका आधारमा आवश्यक काम सुरू गरिएपनि सिसिएमसी बैठक बसेपछि मात्रै यससम्बन्धी निर्णयलाई अन्तिम रूप दिइने अध्यागमन विभागले जनाएको छ।