काठमाडौँ – वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल रु सात अर्बले घटेको छ ।


ADVERTISEMENT


सङ्घका अनुसार यही मङ्सिर ३ गते रु ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म रु ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै रु १४ अर्ब बराबरको कर्जा लगानी भएको देखिन्छ ।


ADVERTISEMENT

# # #


गत साउन पहिलो साता रु ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४१ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा रु ३७ खर्ब ६ अर्ब रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी रु ४२ खर्ब ६९ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ । रासस