काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ९१ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT


सोमबार छापावाल सुन ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० रूपैयाँ तोकिएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर एक हजार २०५ तोकिएको महासंघले जनाएको छ।