काठमाडौँ – सरकारले अत्यावश्यक बाहेक विदेश भ्रमणमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफ्रिकी मुलुकमा पहिचान भएर विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइर (कोभिड–१९) को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै उक्त अपिल गरेको हो ।


ADVERTISEMENT


नेपालमा हाल उक्त भेरियन्ट पहिचान नभएको र नेपाल भित्रिन नदिन आवश्यक निगरानी, परीक्षण र तयारी बढाएको सरकारले अनावश्यक विदेश भ्रमण नगर्न आग्रह गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९को ओमिक्राने भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नहुन तथा सावधानी अपनाउनहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कोभिड–१९को यो भेरियन्ट यसअघिका भेरियन्ट भन्दा बढी संक्रामक र सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी ‘भेरियन्ट आफ कन्सर्न’का रुपमा घोषणा गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले संक्रमणबाट बचाउने भएकाले आफू नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ ।