चितवनमा आइतबारबाट बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरुवात गरिएको हो ।


ADVERTISEMENT


वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको समुद्घाटन गरेकी हुन् । बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । कार्यक्रममा मन्त्री यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताइन् ।


ADVERTISEMENT

# # #


उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरिन् । उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको धारणा राखिन् । बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिइन् ।

नेपालमा सन २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ रहेका थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १९८ वटा बाघ रहेकोमा चितवनमा १२० वटा थिए । सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा बाघ रहेका छन । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन ।

नेपाल सरकारले सन २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पु¥याउने प्रतिवद्धता जनाएको थियो ।