मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालोको कारण  पक्राउ गरेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ ।  भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध  लुक आउट नोटिस जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन् । प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ । प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए ।


ADVERTISEMENT

# # #