काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि वितरण गर्ने समूहका सात जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षको नर कुमार पुडासैनीलाई गत वर्ष माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३ प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो ।

थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल कीर्तिपुर बस्ने २० वर्षीय पुन्दलाल बुढालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । कीर्तिपुर एरियाबाट काठमाडौँका २२ वर्षीय सन्तोष महर्जन सहित रौतहट गुजरा न.पा. २ घर भई हाल सानो भर्‍याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने ३२ वर्षीय रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई कीर्तिपुर बस्ने  २२ वर्षीय रन्जित प्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखाले जनाएको छ ।