काठमाडौँ – कांग्रेस महामन्त्री शशांक कोइराला पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको दाबेदारीबाट पछि हटेका छन् ।


ADVERTISEMENT


चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको सो समूहको बैठकपछि बोल्दै महामन्त्री कोइरालाले आफू सभापति बन्ने दौडबाट पछि हटेको जनाएका हुन् । बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका छन् ।


ADVERTISEMENT

# # #


महामन्त्री कोइरालाले भने, ‘तपाईंहरु मिलेर आउनुहुन्छ भने मलाई केही आपत्ति छैन भनेँ । रामचन्द्र पौडेलले बैठकमा म सिनियर मान्छे हुँ, अहिलेसम्म मैँले नै चलाएको थिएँ, यो अन्तिम पटक हो, एक डेढवर्षपछि म छोडी दिन्छु भनेर राम्रै कुरा गर्नुभयो ।’

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफु मागप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताए ।

आफूहरुबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । सो पक्षको भेला बुधबार पुन बोलाइएको छ ।