काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेत्री सुजाता कोइरालाले उप-सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेकी  छन् ।


ADVERTISEMENT


कोइराला परिवारकी नेत्री सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने सिंहको सचिवालयले जनाएको छ । यद्यपि कुन गुटबाट उनले उम्मेदवार दिन लागेकी भन्ने खुलेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ-आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन् ।


ADVERTISEMENT

# # #


सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी ककसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले छलफलमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार नै छान्न सकेको छैन । उम्मेदवार तय गर्न आज बिहान पौडेल निवास बोहराटारमा छलफल जारी छ। प्रकाशमान सिंह र शेखर कोइरालाले कसले कसलाई सभापति छाड्ने निर्णय गर्न नसक्दा सर्वसम्मत उम्मेदवार दिने पौडेल पक्षको सम्भावना कमजोर हुने देखिएको छ ।